झापामा ट्रयाक्टरले किचेर बालकको मृत्यु

३० पाैष २०७९, झापा– ट्रयाक्टरले किचेर शनिवार झापाको बाह्रदशीमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ निवासी पूर्णबहादुर खातीका ४ वर्षीय छोरा फडिन्द्र खाती रहनु भएकाे छ । अाज दिउँसो डेढ बजे राजगढ– चारपाने सडकखण्ड अन्तर्गत बाह्रदशी–६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र–१–०१–००१ त ८९५९ नम्बरको इँटा लोड भएको ट्रयाक्टरले बाटो काट्दै गरेका बालक खातीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरको अगाडिको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर तथा ट्रयाक्टर चालक पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका– ३ निवासी २६ वर्षीय विवेक मेन्याङबो लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नमूना बन्दै महारानीझोडाः उत्कृष्ट किसानलाई सम्मान
Next post आगलागीबाट दमककाे मुख्य बजारकाे ५ वटा पसल खरानी बन्याे