१ माघ २०७९,काठमाडौं– सरकारले पोखरा जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भोलि एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको आकस्मिक बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने गरेको मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उहाँले बताउनुभयो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको छ । आयोगलाई ४५ दिनको समय दिइएको छ । सरकारले जहाज दुर्घटनामा परेकाहरुको उद्धार तीब्र बनाउने निर्णय गरेको छ । साथै घटनास्थलमा पुगेर जानकारी लिनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने जाने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *