१६ माघ २०७९/झापा
झापामा यसै साता भित्र १३ जना लागु औषध कारोवारी पक्राऊ परेका छन् । झापाको विर्तामोडमा सोमबार मात्र भारतीय मोटर साइकल ब्राउन सुगर सहित २ जना मानिस पक्राउ परेका छन् । सूचनाको आधारमा जाँचचेकको क्रममा डब्लु बी ७४ बी ए ६७७९ नम्बरको भारतीय मोटर साइकलमा साढे ८ ग्राम ब्राउन सुगर सहित भारतको किसानगंज जिल्ला गल्गलिया बस्ने २५ बर्षीय दिलसाद रहमान र २० बर्षीय खन्वाज खान पक्राउ परेका छन् । एक दिन अघि मात्र झापा र इलामका ४ जना पक्राउ परेका थिए ।
जिल्लामा यसै साता मात्र भारतीय र नेपाली गरी लागु औषध सहित १३ जना पक्राउ भइसकेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो । जिल्लामा पछिल्लो समय लागु औषधको कारोवार बढ्दै गएको प्रहरी नायब उपरिक्षक पाठकले बताउनु भयो ।
