पुष्प धिरेन्द्रकाे स्मृतिः राजनैतिक द्वन्द्व पीडितकाे समस्या समाधानमा जाेड

१७ माघ २०७९/झापा
सरकारले अझै पनि राजनैतिक द्वन्द्व पीडितहरुको रेखदेखमा उचित कदम चाल्न नसकेको प्रति वेपत्ता तथा शहिद परिवारले गुनासो पोखेका छन् । झापाको दमकमा वेपत्ता पारिएका दमकका पुष्प धिरेन्द्र दाजुभाइको स्मृतिमा खोलिएको शिक्षालयले ५ औं बार्षिक उत्सव कार्याक्रममा राजनैतिक अगुवाहरुले सो कुरा बताएका हुन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आथित्यमा भएको कार्याक्रमा राजनैतिक, सामाजिक तथा शैक्षिक अगुवाहरुले वेपत्ता तथा शहिद परिवारलाई उचित व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।


संघीयता कार्यान्वयन पछि वेपत्ताको स्मृतिमा खोलिएको शिक्षालयले प्राविधिक विषयमा पहुँच पुग्न समस्यामा परेका विपन्न र सिमान्तकृत समूदायलाई समेत अझै समस्या भएको कार्याक्रमका वक्ताले बताएका छन् ।
१० बर्षे द्वन्द्वकालको समयमा काठमाण्डौंबाट सेनाले पक्राउ गरी हालसम्म वेपत्ता पारिएका पुष्प र धिरेन्द्र बस्नेतका परिवारले सरकारको सहयोगमा प्राविधिक विषय अध्यापन थालेको स्मृति प्रतिष्ठानका अध्यक्ष वेपत्ता पारिएका पुष्प धिरेन्द्रका दाजु शंकर बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार पूर्वाञ्चल विश्व बिधालयकाे सम्बन्धनमा प्राविधिक विषयका स्नातक तहका कक्षा समेत संचालन गर्ने याेजना अघि सारेकाे बताउनु भयाे । सरकारले वेपत्ता एउटै घरका दुई दाजुभाइको स्मृतिमा प्राविधिक शिक्षालय संचालनमा सहयोग गरेकाले त्यस्ता परिवारलाई निशुल्क अध्यापन गर्ने व्यवस्था गर्नु पर्ने अभिभावकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा ७ कक्षाका विद्यार्थीले बनाए बिधुतीय गाडी
Next post भारतीय सागसब्जीले नेपाली किसान मारमा (फाेटाे फिचर)