Residents and rescuers search for victims and survivors amidst the rubble of collapsed buildings following an earthquake in the village of Besnaya in Syria's rebel-held northwestern Idlib province on the border with Turkey, on February 6, 2022. - At least 1,293 people were killed and 3,411 injured across Syria today in an earthquake that had its epicentre in southwestern Turkey, the government and rescuers said. (Photo by OMAR HAJ KADOUR / AFP)

२६ माघ २०७९, सारासन्देश समाचार–टर्की र उत्तरी सिरियामा गत सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या करिव करिब ९ हजार पुगेको छ ।

यसैगरी सिरियामा भूकम्पमा ज्यान गुमाउनेको संख्या पुष्टि गर्न कठिन भइरहेको बताइएको छ । यद्यपी करिब ३ हजार मानिसको मृत्यु भएको सिरियाली संचार माध्यमहरुले जनाएका छन् । राहत तथा उद्दारमा खटिएका सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताएका छन् । क्षतिको अवस्थालाई मूल्यांकन गर्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । अत्यधिक चिसोका कारण खोज तथा उद्दार कार्यमा कठिनाइ भइरहेको छ । रातको समयमा समेत खोज र उद्दारको काम जारी छ । कतिपय स्थानमा उद्दार कार्य ढिला भएको पीडितहरुको गुनासो छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा भएको प्रकोपको मापन गर्न समेत कठिन भएको बताउनु भएको छ । सरकार खोज, उद्दार र राहतको काममा प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । तर आलोचकहरूले भने आपतकालीन सेवा अत्यन्त ढिलो भन्दै सरकारको आलोचना गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।

भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपत्काल घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्री सहित उद्धारकर्मी परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *