शरणार्थी शिविरमा शिक्षक र कलाकारकाे सामुहिक सम्मान (फाेटाे फिचर)

२८ माघ २०७९/सारासन्देश समाचार
झापाको भूटानी शरणार्थी शिविरमा आज शिक्षा क्षेत्रमा लामो समय काम गर्ने शिक्षक तथा कलाकारलाई सम्मान गरिएको छ । शरणार्थी शिविर वेलडाँगीमा शिक्षामा काम गर्ने तथा यस अघि शरणार्थी शिविरका बालबालिकालाई अध्यापन गराउने ३ दर्जन बढी शिक्षक तथा कलाकारलाई सम्मान गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर एकका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले शिक्षक तथा राष्ट्रिय कलाकारलाई सम्मान पत्र तथा मायाको चिनो सम्मान गर्नु भएको छ ।


भूटानी शरणार्थीलाई रेखदेख गर्दै आएको दातृ निकायहरुले शरणार्थीलाई छाड्दै लगे पछि शरणार्थी बालबालिका विचल्नीमा परेका छन् । त्यस्ता बालबालिकालाई लक्षित गरी अध्यापन गराउँन भवन तथा शिक्षकलाई पारिश्रमिक समेत उपलव्ध गराउँदै आएको अमेरिकामा भूटानीहरुले खोलेको संस्था नक्षेत्र फाउण्डेशनका प्रमुख अर्जुन सुवेदीले बताउनु भयो ।


शिक्षालयका संयोजक कृष्ण लिङदेनको अध्यक्षतामा भएको कार्याक्रममा राष्ट्रिय कलाकार सुनिल थापा, पूजा शर्मा, रामकृष्ण ढकाल लगायत दर्जन बढी कलाकारले साँगितीक प्रस्तुती समेत प्रदर्शन गरेका छन् । नक्षेत्र फाउण्डेशनको प्रायोजन, इसीडीसीको आयोजना र अपाङग संघको सहआयोजनामा भएको कार्याक्रममा प्रमुख अतिथि मन्त्री सिटौलाले दातृ निकायले छाड्दै लगेको अवस्थामा तेस्रो मुलुक पुगेका भूटानीहरुको सहयोगी संस्थाले खेलेको भूमिका प्रशंसनीय र सम्मान योग्य रहेको बताउनु भएको छ ।


पछिल्लो समय शरणार्थी शिविरमा तेस्रो मुलुक पुगेका भूटानीहरुको संस्थाले नेपाली कलाकारलाई शिविरमा ल्याएर कार्याक्रम गर्ने प्रचलन बढ्दै गएको छ । यस अघि इन्ट्रा फाउण्डेशनले तामजाम र सजावटमा मात्र लाखौं रुपयाँ खर्च गरेर राष्ट्रिय स्तरका १ दर्जन बढी चर्चित कलाकार ल्याएर कार्याक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेशी उन्नत विऊ उत्पादनमा जोडः महिलाहरुको सहकारीको विऊ प्रदेश १ र २ मा माग बढ्दो (फाेटाे फिचर)
Next post चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरूङ निलम्बनः भाेलि देशभर स्वास्थ्य सेवा टप्प पार्ने संघकाे निर्णय