सुशासन कायम गर्न जोड दिँदै दमकमा अन्तकृया (फाेटाे फिचर)

३ फाल्गुण २०७९/सारासन्देश समाचार

जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरोकारवाला सवै एक भएर लाग्नु पर्नेमा जोड दिइएको छ । झापाको दमकमा बुधबार भएको जिल्लाका उच्च तहका कर्मचारी, सुरक्षाकर्मी र व्यवसायिक प्रतिनिधीबीचको स्वागत तथा परिचयात्मक कार्याक्रमका बक्ताले सबै जिम्मेवार नभए सुशासनको प्रत्याभूति हुन नसक्ने बताएका छन् ।

कार्याक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय सरकारले सवै निकाय, व्यवसायी र सामाजिक संघ संस्थासँगको समन्वयमा काम गरे देशको विकाससँगै नागरिकले सुशासनको प्रत्याभूती गर्न पाउने बताउनु भयो । दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईंले जिल्लामा नयाँ कर्मचारीका रुपमा आउनु भएका उच्च पदाधिकारी, सुरक्षाकर्मी र दमक उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान गर्नु भएको छ ।

कार्यक्रममा नगरप्रमुख थापाले सवै व्यवसायलाई वैधानिक ढंगबाट संचालन गर्न र शान्ति सुरक्षाका लागि सवैलाई सहयोग गर्न आग्रह गर्नु भयो । जिल्लामा हालै मात्र प्रशासन तथा सुरक्षा निकायका उच्च पदाधिकारीको सरुवा गरिएकाले परिचयात्मक तथा स्वागत कार्याक्रम गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ
Next post अण्डा भित्र लुकाएर लागु औषध ल्याउने २ जना पक्राऊ