बैंकहरूले लगाएकाे चर्काे व्याजकाे विराेध चुलिदैँ

९ फाल्गुण २०७९,सारासन्देश समाचार- आर्थिक तरलताकाे अवस्थामा बैंकहरूले लगाएकाे चर्काे व्याजकाे विराेध गर्दै पछिल्लाे समय देशभर  बिराेध हुन थालेका छ्न् । आज पनि कैलालीका व्यवसायीहरु बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलन गरेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु ब्याजदर विरुद्ध आन्दोलनमा उत्रेका हुन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बन्दै गएको उनिहरुले बताएका छन् । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।

यस्तै यस अघि चर्काे ब्याजदर नीति ल्याएपछि मार्कामा परेका व्यवसायीहरूले सुनसरीकाे इटहरीमा भने ब्यवसायीहरूले स्थानीय बैंकका शाखाहरू नै घेराउ गर्दै नारावाजी समेत गरेका छन् । व्यवसायीहरूले बैँकको आतंक बन्द गर, पुरानाे ब्याजदर कायम गर, व्यवसायी एक हाै जस्ता प्लेकार्डहरू बाेकेर बैंक बिरूद्ध नारावाजी गरेका थिए । यस अघि झापामा समेत बैंककाे व्याजकाे विराेध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवै भन्दा धेरै चिया खेती हुने झापामा श्रमिक समस्यामा (फाेटाे फिचर)
Next post झापामा जंगली जनावरबाट किसान समस्यामा (फाेटाे फिचर)