१२ फाल्गुण २०७९/झापा
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा गएराती आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । वेलडाँगी २ को सेक्टर सी मा रुकेन लिम्बुको घरमा मध्य १२ बजे तिर आगलागी भएको हो । घरका मानिस नजिकैको छिमेकीकोमा कृयापुत्री रुङन गएको र कोही नभएको वेला आगलागी भएको स्थानीय शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । आगलागी के भएर भयो भन्ने कारण खुल्न सकेको छैन ।
दमकबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएकाले अन्य घरमा भने क्षति हुन नसेको प्रहरीले जानकारी दिएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा पछिल्लो समय १ हजार ६ सय घरमा ६ हजार ५ सय हाराहारीमा जनसंख्या रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

