हुलाकी सडक खण्डमा पर्ने झापाकाे विरीङ पुल ११ बर्षमा निर्माण सम्पन्न हुँदै (फाेटाे फिचर)

१५ फाल्गुण २०७९/डिकेश लामा

११ बर्ष अघि निर्माण थालिएको बहुप्रतिक्षित विरीङ खोलाको पुल यस बर्ष बर्षा अगावै संचालन गर्ने गरी काम भइरहेको छ । पुल संचालन हुने गरी धमाधम काम हुन थाले पछि बर्षौंको सास्ती सकिने भन्दै दक्षिणी झापाका बासिन्दा खुशी बनेका छन् । बर्खाको समयमा १ किलो मिटर वारीपारी गर्न दक्षिणी झापाका बासिन्दाले ४० किलो मिटर घुमेर हिड्नु पर्ने बाध्यता यस बर्ष देखि अन्त्य हुँदैछ । खासगरी झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका क्षेत्रका हजारौं घर परिवाहरु खोलाबाढी नआउँदै पुल निर्माण सकिने भए पछि बर्षौंको सास्ती सकिनेमा आशाबादी बनेका छन् । यस बर्ष अन्तिम २ वटा स्पानको ढलानको तयारी हुँदैछ । जसका लागि आवश्यक जनशक्ति धमाधम परिचालन भएका छन् ।

२०६८ साल जेठ १३ गते लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा निर्माणको ठेक्का लिएको विरीङ पुल यस बर्ष सक्ने गरी काम भइरहेको छ । ३ सय २० मिटर लम्बाइको पुल अबको २ महिनामा सक्ने लामा निर्माण कम्पनिका सब इन्जिनियर सन्तोषकुमार यादबले बताउनु भयो । यादबका अनुसार अवको २ महिनामा पुलको निर्माण सकिने दावी गर्नु भयो ।

पुल नहुँदा बर्षातमा स्थानीय बासिन्दाले डुङ्गाको प्रयोग गर्दा पैसा तिर्नु पर्छ । हिउँदमा बाँसको पुलबाट हिड्दा पनि पैसै तिर्नु पर्ने हुन्छ । तर अव विरीङको पुल निर्माण सम्पन्नको तयारी पुगे पछि विधार्थी देखि सवैलाई सजह हुने दैनिक खोलाको बाटो भएर हिड्नु पर्ने शिक्षक अशोक कुमार राजबंशीले बताउनु भयो । राजबंशीका अनुसार पुल नभएकाले बर्षौं देखि विधार्थी, शिक्षक देखि किसानले समेत वारीपारी गर्न सास्ती भोग्दै आउनु भएको छ । तर अव पुल बन्ने आशा पलाएको उहाँले बताउनु भयो ।

बर्षौं देखि खोलामा सास्ती भोग्दै आएका दक्षिणी झापाका बासिन्दाको पुल माथिबाट हिड्ने सपना अव भने सार्थक बन्दै छ । यस्तै अव हुलाकी सडकमै पर्ने कन्काई नदिको पुल निर्माण सकिए दक्षिणी झापाको मुहार नै फेरिने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेश नम्बर एकमा पहिलो पटक महिलाले थालेको मह प्रशोधन उद्योगले किसान उत्साहित(फाेटाे फिचर)
Next post सन्दिप विदेश खेल्न जान पाउने, पल छुटे एक बर्षमा आज