दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा इटहरी सुनसरी फाइनलमा प्रवेश (फाेटाे फिचर)

२५ फाल्गुण २०७९/झापा

झापाको दमकमा जारी प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा सुनसरीको इटहरी फाइनलमा प्रवेश गरेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगिताको खेलमा भोजपुरलाई हराउँदै इटहरी फाइनलमा प्रवेश गरेको हो ।

दमक वडा नं. २ हिमावीको बाहिरी प्राङगणमा भएको पहिलो खेलमा विर्तामोडलाई हराएर मोरङ्ग तथा कमल झापालाई हराएर भोजपुर विजयी बनेका हुन् । भोजपुर सेमिफाइलनको खेलमा बाहिरएको छ । यस्तै झापाको दमक र मोरङ्गको व्राइट फ्यूचरबीच भोली सेमिफाइनको निर्णायक खेल हुने छ । आज भएको खेलमा २÷२ सेट बराबरी भए पछि भोलि निर्णायक खेल हुने भलिवल समितिका अध्यक्ष तेज धिमालले जानकारी दिनु भयो ।

यस्तै सेमीफाइनलबाट विजेता टीमसँग इटहरी सुनसरीले भोलि दिउँसो २ बजे फाइन खेल खेल्ने आयोजकले जानकारी दिएको छ ।

प्रदेश स्तरका ८ टीमबीच भईरहेको प्रतियोगिता प्रथम हुनेले ५० हजार र दितीयले ३० हजार नगद सहित ट्रफी र मेडल पाउने आयोजक दमक नगर भलिवल विकास समितिका सचिव राजु श्रेष्ठले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिः काे हुन् त पाैडेल (जीवनी सहित)
Next post इटहरीले उचाल्यो दोस्रो दमक कप भलिवल प्रतियोगिता २०७९ को उपाधी (फाेटाे फिचर)