काेशी प्रदेश नामकाे विराेधः झापामा २२ जना आन्दोलनकारी पक्राऊ (फाेटाे, भिडियाे सहित)

२८ फाल्गुण २०७९/सारासन्देश समाचार
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै सडक उत्रिएका आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका झापाका अनुसार विभिन्न ठाउँमा सडक बन्द गराउँदै हिँडेका २२ जना आन्दोलनकारीलाई पक्राउ गरिएको हो । जिल्लाको दमक, केर्खा, बिर्तामोड, काँकडभिट्टा लगायत क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।


बन्द सडकलाई खुलाउन प्रहरीले प्रयास गर्दा दमकमा आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ । आन्दोलनकारीले सवारी चल्न नदिँदा र प्रहरीले खुलाउन खोज्दा घम्साघम्सी भएको हो । प्रहरीले आन्दोलनका नेतृत्वकर्तालाई नियन्त्रणमा लिएर सडक खुलाएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीले आज कोशी प्रदेश बन्द गरेका छन् । बन्दको आंशिक प्रभाव देखिएको छ । बन्दका क्रममा आन्दोलनकारीले दमकमा केही सवारी साधानमा तोडफोड समेत गरेका छन् ।


यता पहिचानबादी नेतृत्वले भने शान्तिपुर्वक सडकमा र्यालीमा उत्रिएको अवस्थामा प्रहरीले दमन गरेको बताएका छन् । प्रहरीले पहिचानबादी नेता प्रेमदिप थाम्सुहाङ्ग, बन्दना नेम्बाङ्ग सहित दमकबाट मात्र ११ जनालाई पक्राऊ गरेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय
Next post तेह्रथुममा आगलागीका घटना बढ्दैः आज पनि ४ घर जलेर खरानी