सशस्त्र प्रहरीको क्षमता विकासमा जोड दिइने (फाेटाे फिचर)

२९ फाल्गुण २०७९/झापा

देशको सुरक्षाका लागि अव प्रहरीको संख्यामा भन्दा पनि क्षमता विकासमा जोड दिनु पर्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक अजनीकुमार पोखरेलले बताउनु भएको छ ।

झापाको कमल गाउँपालिका वडा नं. ५ मा संचालित सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयको आज २० औं स्थापना दिवशमा बोल्दै उहाँले प्रहरी संगठनमा थोरै संख्यामा मात्र दक्ष जनशक्ती भएकाले अव सवैलाई जस्तो सुकै अवस्थामा काम गर्न सक्ने दक्ष प्रहरी बनाउन अव शारीरिक सुधारबाट कार्य थालिने बताउनु भयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति पोखरेलले सीमा सुरक्षा देखि हरेक कुरामा प्रविधी र विश्वव्यापिकरणका कारण चुनौती थपिदै गएको समेत बताउनु भयो । स्थापनाको अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रहरी र तालिम प्रशिक्षकलाई समेत प्रशंसा पत्र र मायाको चिनोले सम्मान गरिएको शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रमेश पाण्डेले बताउनु भयो । स्थापना दिवशको अवसरमा प्रहरीले सांगितिक कार्याक्रम समेत प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तेह्रथुममा आगलागीका घटना बढ्दैः आज पनि ४ घर जलेर खरानी
Next post दमकको १२ औं नगरसभाः आर्थिक तरलताले बजेट कटौती