चोरी तस्करी मौलाउँदैः चुरेको तस्करी चुलिँदै (फाेटाे, भिडियाे)

८ चैत्र २०७९/डिकेश लामा

झापा र इलामको सिमानामा रहेका चुरे क्षेत्रका सामुदायिक बनहरुमा दिन डाह नै चोरी तस्करी भइरहँदा समेत सरोकारवाला निकायले रोक्न सकेको छैन । खासगरी यातायतको पहँुच पुग्ने र काठ काट्ने मेशिनको प्रयोग हुन थाले पछि चोरी तस्करी मौलाउँदै गएको हो ।

इलाम र झापाको सिमानामा पर्ने रानीधारा तथा देवीधारा सामुदायिक क्षेत्रमा काँचो रुख काटेर ट्याक्टरबाट ओसार पसार गर्ने कार्य बढेको छ । तर यता ती बनहरुसँग सिमाना जोडिएको हंसेदुम्से सामुदायिक बनमा भने चोरी तस्करी विगत भन्दा केही कम भएको बनका अध्यक्ष चन्द्रप्रसाद गुराँगाईले दावी गर्नु भयो ।

जिल्लामा रहेको ५९ सामुदायिक बनमा चोरी तस्करी हुने शैली र तरिका फरक छन् । कतै पानीमा बगाएर चोरी तस्करी गरिन्छ त, कतै गाडी र साइकलबाट । बनमा काठ चोरी मात्र नभएर जंगली जनावरको समेत तस्करी हुने गरेकाले बन सुरक्षामा चुनौती थपिँदै गएको सुकेडाँगी सामुदायिक बनकी अध्यक्ष शान्ति उपाध्यय घिमिरले बताउनु भयो । घिमिरेका अनुसार तस्करी रोक्न सामुदायिक बनको गस्ती टोली देखि उपभोक्ताको समूहले समेत निगरानी बढाइएको छ । तथापि अन्य चुरे क्षेत्रबाट हुने तस्करी कार्य रोक्न भने ठूलो चुनौती रहेको बताउनु भयो ।

झापा, मोरङ र इलामको त्रिकोणात्मक क्षेत्रमा पर्ने सामुदायिक बनहरुमा पछिल्लो चोरी तस्करी कार्य बढ्दै गएको छ । सरोकारवाला निकायले यस्ता कार्य रोक्न ध्यान नदिने हो भने विस्तारै चुरे क्षेत्र उजाड बन्दै जान सक्ने देखिएको स्थानीय अगुवाहरुको भनाइ छ ।

नेपाल टेलिभिजनमा प्रसारित सामाग्री हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

https://www.facebook.com/watch?v=1410656309752459

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
Next post मेशिनको प्रयोग बढेसँगै झापामा हिउँदे बाली विस्तार हुँदै (फाेटाे फिचर)