भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्दै आएको गिरोहका नाईके पक्राउ : गिरोहले ५ वर्ष यता १ अर्ब बढी ठगेको आकलन

१२ चैत २०७९,पथरीशनिश्चरे (छविराज ढकाल) –   भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने एक गिरोह सञ्चालन गरिरहेका मुख्य नाइकेहरु काठमाडौंमा पक्राउ परेका छन् । आइतबार अपराह्न गिरोह सञ्चालन गरिरहेका संजालका मुख्य नाइकेहरु काठमाडौंमा पक्राउ परेका हुन् ।

अाराेपित केशवप्रसाद दुलालकाे तस्विर सामाजिक संजालबाट लिइएकाे हाे ।

यो गिरोहले ५ वर्षयता झन्डै १ अर्ब ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतको अनुमान छ । भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ मा नक्कली अनुसूची थप्दै झण्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गिरोहका मुख्य योजनाकार मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका केशव दुलालसहित पक्राउ परेका हुन् । उनी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनकाे सहयोगी थिए । नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरु फेला परेर र पीडितहरुमध्ये झण्डै १ सयको लिखित र मौखिक उजुरीका आधारमा गिरोहका नाइके पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान स्रोतले जनाएको छ। दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका छन् । यो गिरोहले देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको बताइएको छ ।

यता झापाकाे दमकमा रहेकाे वेलडाँगी शिविरमा पनि जन्म दर्ता तथा परिचयबीहिन शरणार्थीकाे परिचय पत्र बनाउने भन्दै ठगी गर्ने कार्य भएकाे पीडित भूटानी शरणार्थीले बताएका छन् । शिविरमा अझै पनि दर्ता गर्ने हल्ला फिँजाउँदै पैसा असुल्ने गरेकाे पाइएकाे शिविर व्यवस्थापन समितिले जानकारी दिएकाे छ । नेपाल सरकार गृह मन्त्रालयकाे टाेली तथा जिल्ला प्रशासन कार्यालयले नै छानविन गरेकाले पनि दर्ता नपाउँदा गिराेहले माेमाेलाइ गर्ने अवसर पाएकाे शिविरका अगुवाहरूकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पशुपालक किसानलाई साइलेजले सहजः महारानीझोडाले थाल्याे बृहत उत्पादन
Next post पहिचानकाे आन्दाेलनमा मृत्यु भएका लिम्बु रिवारलाई राहतस्वरुप रू ३ लाख दिइने