गैर भूटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरेकाे आराेपमा राई पक्राउ
१५ चैत्र २०७९,काठमाडौँ – गैर भूटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै माेटाे रकम असुल्दै आएका गिराेहहरू धमाधम पक्राउ गर्न थालिएकाे छ । ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वी नेपालका शरणार्थी शिविर नजिक पथरी घर भएका सागर राई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ परेका छन् ।
पथरी–शनिश्चरे नगरपालिका वार्ड १० का निर्वतमान वाडाध्यक्ष समेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् । ‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएकाे छ ।
More Stories
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...