एजेन्सी– चीनमा नक्कली कोरोना खोपसहित ८० जनालाई पक्राउ गरिएको छ । खोप सम्बन्धी अपराध नियन्त्रण अभियान चलाउँदा ३ हजार मात्रा नक्कली खोपसहित ८० जनालाई पक्राउ गरिएको चिनिया विदेश मन्त्रालयले जानकारी दिएकाे छ ।

अभियुक्तहरुले ४ महिनाभन्दा पहिलेदेखि सुइको सिसीमा सलाइन पानी भरेर खोप भन्दै बिक्री गरिरहेको फेला परेको हो ।
विदेश पठाउन उनीहरुले नक्कली खोप तयार गरिरहेको चिनिया अधिकारीहरुले जनाएका छन् । बेइजिङ, साङ्घाइ र स्यान्दोङका विभिन्न ठाउँमा नक्कली खोप बनाइरहेको फेला परेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *