२१ माघ २०७७, काठमाडौँ – पछिल्लाे २४ घण्टामा २ सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने २ हजार ३ सय ३५ छ । यस्तै बुधबार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ४ सय ३१ संक्रमितको संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ८१ हजार ६ सय ९५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ ।

पछिल्लो २४ घन्टामा थप एक जनाको काेराेना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *