२७ चैत्र २०७९ झापा– बिर्तामोडका पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड -३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा व्लड जमेपछि उनलाई आज बिहान उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको छिमेकी बसन्त ढकालले जानकारी दिनु भयाे ।

विगतमा विभिन्न सञ्चारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गरिआउनु भएकाे थियाे । यामनाथ तिम्सिनाका जेठा छोरा पारसकाे यस अघि भएकाे सामान्य दुर्घटनामा टाउकाेमा रगत जमेकै कारण मृत्यु भएकाे बताइएकाे छ ।
