धुमधामका साथ सिरुवा पर्व मनाइँदैः कोचिला सामाद सार्वजनिक

१ वैशाख २०८०/झापा

नयाँ बर्षको आगमनसँगै तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी समूदायले धुमधामका साथ सिरुवा पर्व मनाउन थालेका छन् । यस अघिका बर्षहरुमा कोरोनाका कारण खासै पर्व मनाउन नपाएका समूदायले यस बर्ष झापाका विभिन्न भागमा सिरुवा पर्व मनाउन थालेका छन् । दक्षिणी भारतीय सिमावर्ती गौरीगंज गाउँपालिकामा आज सामुहिकरुपमा सिरुवा पर्व मनाउन थालिएको छ ।

सिरुवा पर्व बंगला पात्रो अनुसार वैशाख १, २ र ३ गते मनाउने गरिन्छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद (हिलो) र अन्तिम दिन रंग सिरुवा मनाउने चलन रहेको राजबंशी समाज विकास समिति गौरीगंजका अध्यक्ष गोपाल राजबंशीले बताउनु भयो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीको प्रमुख आथित्यमा भएको कार्याक्रममा दर्जन बढी आदिवासीका अगुवाहरुले साँस्कृति संरक्षण गर्दै अघि बढ्न सवैलाई शुभकामना दिएका छन् । कार्याक्रममा पालिकाकी अध्यक्ष राजवंशीले सिरुवा पर्व मनाउन आगामी बर्ष देखि स्थानीय क्षेत्रमा ३ दिन नै विदा दिने गरी कार्य थाल्ने बताउनु भयो । उहाँले आगामी आइतबार सिरुवाको अन्तिम दिन पर्व मनाउनका लागि विदा समेत दिएको बताउनु भयो ।

पर्व मनाउन झापाका अधिकाशं पालिकाहरुले आइतबार पनि सार्वजनिक विदा दिइसकेको छ । यसैबीच पर्वको अवसर पारेर गौरीगंजका अगुवा पत्रकार आत्माराम राजवंशीको सम्पादनमा संघीयता पछि कोशी प्रदेशमै पहिलो पटक राजवंशी भाषाको त्रैमासिक पत्रिका “कोचिला सामाद” समेत आजै विमोचन गरिएको छ । लामो समय गोरखा पत्र दैनिकको राजवंशी भाषा पेज सम्पादनको कार्य गरेको अनुभव लिनु भएका राजबंशीले भाषा र सँस्कृति विकासका लागि भए पनि पत्रिका संचालन थालेको बताउनु भयो ।
सिरुवा पर्व खासगरी झापा, मोरङ र सुनसरीमा बस्ने राजबंशी, थारु, गनगाइ, ताजपुरिया, ऋषिदेव, माझी लगायतले मनाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १ खर्ब १९ अर्ब वेरूजुः अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा धेरै
Next post सरकारको कामलाई माओवादीले यसरी जनतासँग जोड्दैछ अब