आज नेपालमा २२७ निकाे, १७१ संक्रमित

२२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार २ सय ९२ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको छ ।

यसैगरी आज थप १ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८ सय ७८ जनाको गरिएको पीसीआर परीक्षणमा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश नम्बर एकमा भने आज काेही पनि संक्रमित नभएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

यसैगरी आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ३३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संघीय सरकार आए पछि नेपालमा बढ्याे भ्रष्टचारः भ्रष्ट गतिविधि अन्त्य गर्न खराे उत्रने नव नियुक्त आयुक्त राईकाे भनाइ
Next post शैनिक ‘कू’ काे विराेध गर्न राष्ट्रसंघकाे आग्रह