
२२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार २ सय ९२ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको छ ।
यसैगरी आज थप १ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८ सय ७८ जनाको गरिएको पीसीआर परीक्षणमा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश नम्बर एकमा भने आज काेही पनि संक्रमित नभएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

यसैगरी आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ३३ रहेको छ ।
