नेपालमा आज २७२ निकाे, १०५ संक्रमित

२३ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ५ सय ६४ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ । आज थप १ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७ सय ९९ जनाको गरिएको पीसीआर परीक्षणमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोरोना भाइरस खोप: ‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन सङ्क्रमण पनि रोक्छ’
Next post बहुदल प्राप्ती पछि ३ दशक यता सत्ताको शक्ति प्रदर्शन