धमाधम पक्राउ पर्दै भूटानी शरणार्थीकाे नाममा व्यापार गर्नेहरूः उच्च पदाधिकारी नै दाेषी

सचिव टेकनारायण पाण्डे

२० वैशाख २०८०,काठमाडौँ- नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।”

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

यसैगरी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । ग्रैरभूटानीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मात्र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। यसै प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई पक्राउ परिसकेका छन् ।

हिजाे मात्रै नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजित राई पक्राउ परेका छन् । उनी पूर्व गृहमन्त्री  रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार पनि रहेका थिए ।

राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिनुभयो । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा यसअघि प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ पुगेको छ । यता गैर भूटानीलाई शरणार्थी बनाएर तेस्राे मुलुक पठाए पछि छाडिएका खाटी भूटानीकाे भने विच्लनी परेकाे छ । अझै पनि १ हजार भन्दा धेरै भूटानीहरूले दर्ता नभएकाे र कसैकाे नाममा अर्कैले फाेटाे खिचाएर नक्कली शरणार्थी बनेर अमेरिका लगायतका देशमा पुगिसकेकाे पीडित शरणार्थीहरूले बताएका छन् । शरणार्थीलाइ तेस्राे मुलुक लाने भन्दै २०७६ जेष्टमा एउटा कार्यदल बनेकाे थियाे । साे कार्यदलले नै ग्रैरकानुनी धन्दा शुरू भएकाे पाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सन्द्धर्भ विश्व प्रेस स्वतन्त्रताः प्रेस स्वतन्त्रता सम्बन्धी अन्तकृया
Next post नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति