मेची भन्सारबाट मात्रै नाै महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात

२३ वैशाख २०८०,झापा- कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९र०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट १ लाख ८० हजार ८ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा २ अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार ६ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको कार्यालयले जानकारी दिएकाे छ ।

सोही अवधिमा १ अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ । तर नेपालबाट कृषिजन्य सामाग्री भनेकाे चिया, अदुवा, कुचाे र अलाँची मात्र निर्यात हुने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हेलिकप्टर दुर्घटनामा एककाे मृत्यु
Next post ग्रैरभूटानीलाई शरणार्थी बनाएर तेस्राे मुलुक उडाए पछि खाटी भूटानीहरू समस्यामा परेकाे गुनासाे