झापा ६ दर्जन बढी सीमा स्तम्भ हराउँदा सीमावर्ती क्षेत्रमा समस्याः स्थानीय भन्छन् हाम्राे सिमाना कहाँ छ ? (फाेटाे फिचर)

२८ बैशाख २०८०/डिकेश लामा

कोशी प्रदेशमा सवै भन्दा धेरै सीमा स्तम्भ रहेको झापा जिल्लामा ६ दर्जन बढी स्तम्भ खोलाका कारण हराइरहेका छन् । बर्षेनी बाढीमा बगाइएका नेपाल भारत छुट्याउने सीमा स्तम्भ हराए पछि सीमामा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

झापाको गौरीगंज वडा नं. ४ को १४९ नम्बरको श्रेणीको स्तम्भ बगाएको ४ बर्ष वितिसकेको छ । बगाएको स्तम्भ अहिले धेरै तल पुगेको छ । झापा जिल्लाका अन्य खोला तथा नदिमा ७० वटा भन्दा धेरै स्तम्भ बगेका छन् । तर समयमा मर्मत संभार नहुँदा नेपाल भारतको सीमाना नै कहाँ हो भन्ने छुट्याउँनै समस्या भएको सीमाका बासिन्दाको गुनासो छ । बारासुदीका बासिन्दा तिर्का ऋषिदेवका अनुसार ४ बर्ष अघि लडेको पिलर अहिलेसम्म नउठाउँदा गेउरिया खोलाले बगाउँदै धेरै तल पुगेको छ । यस्तै अर्का सामाजिक अगुवा विलपप्रसाद यादवका अनुसार पिलर लडिरहेको लामो समय भयो । नगाडेको कारण बगाएर निश्चित स्थानमा छैन । यसका लागि नेपाल तथा भारत सरकारले दुवै पक्षबीच के नियम छ । सो अनुसार स्तम्भ खडा गर्नु पर्ने सो तर्फ सरकारको ध्यान नगएको उहाँले बताउनु भयो ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको झापाको ९ सय ९५ सीमा स्तम्भ मध्ये हालसम्म एक सय भन्दा धेरै स्तम्भ हराएका छन् । स्तम्भ हराएको वा बगाएकालाई चुस्त दुरुस्त राख्न दुवै देशको सँयुक्त टोलीले गर्नु पर्ने हुन्छ । तथापि सीमा सुरक्षाका लागि आफूहले प्रहरी परिचालन गर्दै आएको शसस्त्र प्रहरी बल नम्बर एक बराह बाहिनी मुख्यालय सुनशरीका प्रमुख शसस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलले बताउनु भयो । पोखरलेलका अनुसार दुई देशको सँयुक्त टोलीले मात्रै स्तम्भ राख्ने भएकाले त्यसका लागि संघीय सरकारमा आफूले जानकारी गराएकाले स्तम्भ पूनस्र्थपनामा पहल भइरहेको बताउनु भयो । यस्तै उहाँका अनुसार पछिल्लो समय संघीयता यता बीओपी निर्माणले केही प्राथमिकता पाएकाले सीमा सुरक्षामा समेत जनशक्ति परिचालन गर्न सहज भएको छ ।

झापाको गौरीगंज वडा नं. ४ स्थित बाह्रासुदीमा गेउरिया खोलाको बगरमा रहेको  १४९ क नम्बरको सिमा स्तम्भ सिमेन्टको ढिकामा परिणत भएकाे छ । जुन बगाएर पहिलेकाे स्थान भन्दा धेरै तल पुगेकाे छ ।   यस्तै स्तम्भ झापाका १४४ किलोमिटर क्षेत्रमा विभिन्न ठाऊँमा हराईरहेका छन् । समयमै स्तम्भ खडा नगरिँदा नेपाल भारतबीचको सीमाना कहाँको भन्ने अन्योल बढ्दै गएकले हराएका सीमा स्तम्भ तत्काल पुनर्स्थपना गर्नु पर्नेे स्थानीय बासिन्दाले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न
Next post खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)