दमकमा भएकाे भलिवलले खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त

३ जेठ २०८०, विराटनगर–  दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे व्यानरकाे कारणबाटै खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त गरिएकाे छ ।  गत वैशाख १४ गतेदेखि १६ गतेसम्म भएकाे मुख्य मन्त्री पुरूष राष्ट्रिय भलिबल कपकाे  ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिनु भयाे ।

प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो । तर, तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएकाले बर्खास्त गरिएको मन्त्री राजभण्डारीले जानकारी दिनु भयाे ।  तत्कालीन गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्शुराम बस्नेतलाई बोर्डको सदस्य सचिवबाट हटाएर वाग्लेलाई नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थीको नाम वेचेर ग्रैर भूटानीलाई शरणार्थी बनाएर अमेरिका पुर्याएको प्रति खाटी भूटानीको गुनासो (भिडियाे कथा)
Next post नक्कली भूटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ जसकाे गाडी प्रयाेग गरेर रकम असुले ठगहरूले