भूटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दैः हालसम्म १६ जना पक्राउ

४ जेष्ठ २०८०,काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दै गएकाे छ ।  गैरभूटानीलाई नक्कली शरणाार्थी बनाइ गरिएकाे मानव तस्करी कार्यमा लामाे समय भूटानीका खातिर जेल जीवन विताएका नेता नै पक्राउ परे पछि पूर्वी नेपालमा बसाेवास गर्ने शरणार्थी नै चकित बनेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।  नेता रिजाललाई झापाबाट काठमाण्डाैं जानेक्रममा काठमाण्डाैकाे विमानस्थलबाटै पक्राउ गरिएकाे हाे । पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछ पछि म्याद थपका लागि जिल्ला अदालत लगिएकाे छ । अदालतले २ दिन थप म्याद थपि अनुसन्धान गर्न अादेश दिएकाे छ । अाजै पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनकै म्याद थपिएकाे छ ।

नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ । रिजाल भुटानी शरणार्थीको अगुवा नेताकाे रुपमा चिनिनु हुन्छ । उहाँलाइ राजनैतिक बन्दीकाे रूपमा लामाे समय भूटानकाे जेलमा यातना खेप्नु परेकाे भन्दै सरकारले विशेष सुविधा दिएर लामाे समय सहयाेग समेत गरेकाे थियाे । भूटानी अान्दाेलनका अगुवा नेता नै भूटानी शरणार्थी प्रकरणमा मुछिएकाे देखिए पछि गैरभूटानीकाे मानव तस्करी काण्ड थप रहस्यमय बन्दै गएकाे छ ।  शरणार्थी प्रकरणमा हालसम्म १६ पक्राउ परिसकेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भूटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ जसकाे गाडी प्रयाेग गरेर रकम असुले ठगहरूले
Next post सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत: भ्रष्‍टाचारविरुद्ध थप कडाइका साथ कार्यान्वयन गरिने नीति ल्याइने