शरणार्थी शिविर वेलडाँगीमा पुस्तकालय उद्घाटन (फाेटाे फिचर)

६ जेष्ठ २०८०/सारासन्देश समाचार, दमक
पूर्वी नेपालमा बसोवास गर्दै आएको मुख्य शिविर वेलडाँगीमा आज एक औपचारिक कार्याक्रमबीच पुस्तकालय उद्घाटन भएको छ । जनसंख्या घट्दोक्रममा शिविरमा वसोबास गर्दै आएका साहित्यकर्मी, कलाकार, शिक्षक र सामाजिक अगुवाहरुको उपस्थितिमा पुस्ताकालय खोलिएको छ ।
शिविरमा शिक्षा शिक्षण संस्था सकिँदै गएको वेला पुस्तालकालय स्थापनाले समाजलाई सहिमार्गमा हिड्न टेवा पुग्ने कार्याक्रममाका प्रमुख अतिथि पथरी शरणार्थी शिविरका सचिव चम्पासिंह राईले बताउनु भयो ।
द लिटेरेरी सोसाइटी अफ भूटानको आयोजनामा भएको कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेली, वेलडाँगी शरणार्थी शिविरका सहसचिव टेकबहादुर राई, पूर्व शिविर सचीव सन्चहाङ सुब्बा, डीबी सुब्बा, राजमान गुरुङ्ग, राजनैतिक अगुवा रिन्जिन दोर्जी लगायतले अवको शरणार्थी शिविरमा शिक्षा आर्जनका लागि पुस्तकालयले ठूलो टेवा दिने बताएका छन् ।
सोसाइटीका अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्याक्रममा रिफुजी आइडलका कलाकार तथा साहित्यकारहरुले सृजना समेत प्रस्तुत गरेका छन् ।

शरणार्थी शिविरमा दातृ निकायले छाड्दै लगे पछि गाँस, बास, कपास देखि शिक्षामा समेत समस्या हुँदै अाएकाे छ । यस्ताे अवस्थामा पुस्तकालय खाेल्न सहयाेग गर्ने सवै धन्यवादकाे पात्र भएकाे साेसाइटीका सदस्य साहित्यकार दिल भूटानीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एभरेष्ट बैंकबाट डेढ करोड चोरीः चाेरीमा संलग्न शाखा प्रबन्धक सहित ९ जना पक्राउ
Next post प्रेस क्लबको भवन शिलान्यासः पत्रकारिता प्रशिक्षण शुरु