नेपालमा २४९ निकाे ९९ जना संक्रमित

२४ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ८ सय १२ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ । लामो समयपछि नेपालमा कोरोना संक्रमितको संख्या दोहोरो अंकमा सीमित भएको छ । दैनिक हजारौं संक्रमित भएको नेपालमा गत २४ घण्टामा ९९ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७ सय ९४ जनाको गरिएको पीसीआर परीक्षणमा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काेराेना संक्रमणबाट आज कसैले पनि ज्यान गुमाउनु नपरेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हिजाेसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बहुदल प्राप्ती पछि ३ दशक यता सत्ताको शक्ति प्रदर्शन
Next post झापा पहिलाे पटक आलु महाेत्सव हुने