भूटानी नेता रिजालको पैसा मागको अडियो सार्वजनिक (अडियाे सहितकाे भिडियाे)

प्रति व्यक्ति १५ लाख मागियो

१० जेष्ठ २०८०/डिकेश लामा
केही दिन अघि पक्राउ परेका भूटानी मानव अधिकारबादी नेता टेक नाथ रिजालको अडियो सार्वजनिक भएको छ । पैसा लेनदेनको विषयमा कुराकानी भएको अडियो साम्रागी पछिल्लो समय विभिन्न सामाजिक संजालमा फैलन थालेको छ ।
अडियो नेता रिजालले १५ लाख प्रति व्यक्ति खर्च हुने स्पष्ट गरेका छन् भने नेपालीका कारण केही रकम पछि गएर बढ्न सक्ने बताएका छन् । आफू विर्तामोडमा भएको वेला भएको अडियोमा फोन गर्नेले भने आफ्नो परिचय दिएका छैनन् । फोन गर्नेले छोराछोरीका लागि भए पनि जसरी भए पनि तेस्रो मुलुक जानु पर्ने बाध्यता पोखेका छन् ।
उहाँसँग ७० देखि ८० जनाले भारतीय रकम १५ लाखको दरले नेपाल भित्रयाएको बताएका छन् । तर अडियोमा सत्यता के छ भन्ने विषयमा सम्बन्धित निकायले खोजी गर्नु शरणार्थी शिविरमा बसोवास गर्दै आएका शरणार्थीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खाटी शरणार्थी शिविरमा नक्कली पुगे अमेरिका: शिविरमा छाडिएकाहरुको विचल्लनी(भिडिया कथा सहित)
Next post रुकुममा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्युः १० जना घाइते