खाटी भूटानी शरणार्थीको समस्या समाधान गर्न माग

१५ जेष्ठ २०८०, सारासन्देश समाचार
नेपालमा भएको नक्कली भूटानी शरणार्थी प्रकरणले स्वदेश फर्कन चाहाने खाटी भूटानीहरुलाई समस्या नपार्न आग्रह गरिएको छ । नक्कली भूटानी प्रकरणका विषयमा राष्ट्रिय मेलमिलाप समिति भूटान र भूटान स्वतन्त्र जन मञ्चले आज सँयुक्त प्रेस विज्ञप्ती जारी गरेको छन् । पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानीलाई शरणार्थी पछिल्लो प्रकरणका कारण कुनै पनि आँच आउने कार्य नगर्न ध्यान आकार्षण गरिएको स्वदेश फर्कन चाहाने खाटी भूटानीले माग गरेका छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा बाँकी रहेका भूटानीलाई स्वदेश फर्काउन पहल गर्ने विषय भारतसँग वातावरण मिलाइदिन आग्रह गरिएको छ । समितिका कृष्ण तामाङ र मञ्च धनविर सुब्बाले हस्ताक्षर गरेको विज्ञप्तीमा शरणार्थी समस्याको दिर्घकालिन समाधान स्वदेश फिर्ती नै भएकाले यस तर्फ सरोकारवाला देश र निकायले चासो दिन आग्रह गरिएको छ । पछिल्लो समय पूर्वी नेपालमा ६ हजार ३ सय ६५ जना भूटानीहरु रहेको शरणार्थी समन्वय इकाइ झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते
Next post ९८ प्रकारका औषधी र खाेप लगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क