१९ जेष्ठ २०८०, सिन्धुली-  सुनकोसी नदीमा बेपत्ता भएका कर्मचारीहरुलाई खोज्न गोताखोर परिचालन गरिएको भएपनि हालसम्म फेला परेको छैन । मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा सीटिइभीटीका तीन जना कर्मचारी बेपत्ता भएपछि उनिहरुको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर परिचालन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवाले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका ७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी) को बा १ झ ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको अवस्थामा जिप सुनकोसीमा खसेको थियो ।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते भएका छन् भने सिटिइभीटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ बर्षीय भानु पौडेल सुनकोसीमा बेपत्ता भएका छन् । उनीहरुको खोजीमा गोताखोर परिचालन गरिएकाे भए पनि साँझसम्म काेही पनि फेला परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *