१ असार २०८०/दमक, झापा
पूर्वी नेपालमा उपचार केन्द्र नहुँदा समस्या भोग्दै आएका अटिजम भएकाका लागि आज दमक पूनस्र्थपना केन्द्र उद्घाटन भएको छ । विर्तामोडको वीएसी अस्पतालमा कार्यरत अटिजमका विशेषज्ञ डा. राजुप्रसाद यादब सहितको टीमले दमकमा आजदेखि उपचार केन्द्रको उद्घाटन गरिएको छ ।
पछिल्लो समय बंशाणु गुण र अपरिपक्व आमाहरुबाट जन्मिएका बालबच्चामा झापामा यो समस्या बढ्दै गएको डा. यादबले बताउनु भयो । विर्तामोडमा मात्र अहिले १ सय बढीले उपचार केन्द्रबाट सेवा लिँदै आएका छन् । पूर्वी नेपालमा अटिजम भनेर नै उपचार तथा सेवा केन्द्र नहुँदा काठमाण्डौं र भारतको सिलगुडीसम्म जानु पर्ने अवस्था रहेकाले सुलभ खर्चमा सेवा दिन बोली र सुनाई सम्बन्धीको केन्द्र खोलिएको उदघाटन कार्याक्रममा बताइएको छ ।
