चार दलकाे एउटै समाजबादी माेर्चा घाेषणाः १५ बूँदे उदृेश्य, नीति र प्रतिवद्धता सार्वजनिक

४ असार २०८०,काठमाडौँ– माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा गरी चार दलले आज समाजवादी मोर्चा घोषणा गरेका छन् । माेर्चाले १५ बूँदे उदेश्य, नीति र प्रतिवद्धता सार्वजनिक गर्दै ४ दलकाे माेर्चा बनाइएकाे सार्वजनिक गरिएकाे छ । आवद्ध चार दलले राजनीतिक शक्ति आर्जन गर्नका लागि बनाएको मोर्चाले मुलुकमा देखिएको पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य राखेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष, माधव कुमार नेपाल नेपाल कम्यूनिष्ट एकिकृत समाजबादीका अध्यक्ष, उपेन्द्र यादव जनता समाजवादी पार्टी अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीका महासचिवले हस्ताक्षर गरेका छन् ।

सब्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य रहेकाे बताइएकाे छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने फ नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैब्गिक र जात, व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने । त्यसका लागि निरन्तर जनपहल र जनदवाव सृजना गर्ने । मानव विकास सूचाब्कमा पछाडि परेका मधेस, कर्णाली र सेती–महाकाली
लगायत पिछडीएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने । राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडावर्ग, अल्पसब्ख्यक समुदाय, विपन्न वर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने, जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने, वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–
राजनीतिक व्यवस्था अवलम्बन गर्ने । प्रगतिशील कर प्रणाली लागू गर्ने । देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा
समन्यायिक वितरणको व्यवस्था गर्ने । वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, उर्जा, जलश्रोत, बन, उद्योग, वाणिज्य, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, यातायातलगायतकोक्षेत्रलाई आर्थिक समृद्धिको सम्बाहकको रूपमा विकास गर्ने  लगायतका १५ वटा बूँदाहरू समेटिएका छन् ।

अब प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद छन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वी नेपालमा बाढीको वितण्डा करोडौंको क्षतिः ७ जनाकाे मृत्यु २७ वेपता (बाढीकाे क्षति तस्वीरमा)
Next post प्रदेश मन्त्री सवार गाडी दुर्घटनामा मन्त्री सिंह सहित ३ जनाकाे मृत्यु