
२६ माघ २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १ सय ९४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । यसै गरी १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । यस्तै, सोमबार कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४५ पुगेको छ ।

