अर्घाखाँचीकाे गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर एकै परिवारका ३ बालककाे मृत्यु

१९ असार २०८०, अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको छ ।  पाणिनी-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको हाे । मृत्यु हुनेमा  ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको स्थानीय अच्युत गौतमले जानकारी दिनुभयो । सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिनुभयो । घरमा छ जना बस्दै आएकोमा दुई जना  गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।
पहिराे गएकाे स्थान दुर्गम भएकाले पुरिएकाे स्थानबाट निकालेर अस्पताल लानेक्रम मृत्यु भएकाे भए पनि अस्पताल नपुर्याइएकाेले आधिकारिकरुपमा पुष्टि भने भइनसकेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थान अनुसार घट्यो पेट्रोलियम पदार्थको मूल्य ५ देखि ७ रुपयाँ (तालिका सहित)
Next post घरमै लागु औषध कारोवार गर्ने दुई युवती पक्राऊ