दमकका जेष्ठ नागरिकको साहित्यिक सक्रियता (फाेटाे फिचर)

२३ असार २०८०/सारासन्देश समाचार
झापाको दमकमा रहेको जेष्ठ नागरिक प्रतिष्ठान नेपालले आज बृद्धाबृद्धका रेखदेख सम्बन्धी सामाजिक सक्रियता सम्बन्धी कार्याक्रम गरेको छ । जेष्ठ भएका वेला कसरी खुशी र स्वास्थ्य भई सामाजिक गतिविधिमा सहभागी हुने भन्ने विषयमा अन्तकृया तथा पुस्तक विमोचन कार्याक्रम गरिएको छ ।
साहित्य क्षेत्रमा ख्याती कमाउनु भएका डा. गोविन्द भट्टराईको प्रमुख आथित्यमा भएको कार्याक्रममा जेष्ठ नागरिकको सृजना समेटिएको दीर्घ जीवनका अनुभूति नामक पुस्तकको लोकार्पण समेत गरिएको छ ।
पुस्तकबारे केही स्रष्टाले चर्चा परिचर्चा समेत गरेका छन् । २ सय पेजमा प्रकाशित पुस्तकमा अधिकांश जेष्ठ नागरिकहरूकाे बारे लेख रचना छापिएका छन् । खासगरी बुढ्याैली हुँदाकाे समयमा पर्ने सामाजिक, स्वास्थ्य सम्बन्धी समस्याबारे भाेगे गरेका विषयलाइ समेटिएकाे छ ।
नेपालमा रहेका जेष्ठ नागरिकलाई सरकारले सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएका पनि एक्लिएका जेष्ठ नागरिकको पालन पोषणमा समाज र राष्ट्र सवैले ध्यान दिनु पर्ने कार्याक्रमका बक्ताहरुले बताएका छन् ।
कार्याक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, धनञ्जय बाँस्कोटा, शिव रेग्मी प्रणत, हेम अधिकारी, जेष्ठ नागरिक प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष सिताराम खतिवडा लगायतले जेष्ठ नागरिकको जीवन खुशी र सुरिक्षत बनाउन जिम्मेवार निकाय र घर परिवार सचेत हुनु पर्नेमा जोड दिनु भएको छ ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक वडा नं. १ का अध्यक्ष त्रिलोचन रेग्मीको अध्यक्षतामा भएको कार्याक्रममा जेष्ठ नागरिक सम्बन्धी रचना, गीत समेत प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वेलैमा पानी नपर्दा नेपालकै धेरै धान उत्पादन हुने झापामा रोपाईंमा समस्याः नेपालमा गत बर्षको तुलनामा हालसम्म झण्डै आधा मात्र धान रोपाईं
Next post एसइइकाे पुरक परीक्षा साउन २६ र २७ गते हुने