भीरबाट जीप खस्दा पाँचथरमा १ जनाकाे मृत्यु, १३ जना घाइते

९ साउन २०८०,पाँचथर– मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेकाे पहिचान भने खुल्न सकेकाे छैन । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको निधन भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको निधन भए पनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनु भयाे । दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर रहेकाे छ ।

दुर्घटनामा इलाम दानावारी ८ घर भएका चालक अर्जुन विश्वकर्मा, ताप्लेजुङ पाथिभरा याङवरक–१ बस्ने बुद्धहाङ लिम्बू, ताप्लेजुङ मिक्वाखोला–५ बस्ने इसेटिमा शेर्पा, पाँचथर हिलिहाङ–१ का रोशन श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा–३ का सरोज मादेन, ताप्लेजुङ फक्ताङलुङ–३ का अजय लिम्बू, इलाम सिद्धिथुम्का–८ की निरुता सिन्चेउरी कालिकोट जिल्लाको पतञ्जली गाउपालिका–१ का सुमन खड्का, काठमाडौं–२० की मिना लिम्बू, पाँचथर फाल्गुनन्द ३ का राम नेम्वाङ, फिदिम १० की सविना विक, फिदिम–१० कै पुस्तिका विश्वकर्मा घाइते भएका छन् ।
घाइतेमध्ये सविना विश्वकर्मा र मिना लिम्बूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि झापाका सुविधा सम्पन्न अस्पतालमा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हरेक नेपालीकाे टाउकाेमा ७६ हजार ऋणः एक दशकमा ४ गुणाले ऋण बृद्धि
Next post पूर्वी नेपालको मेची भन्सारमा कडाइः एक सय रुपयाँ माथिको सामानको अनिवार्य भन्सार तिर्नु पर्ने (फाेटाे फिचर)