भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. चार जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे

१९ साउन २०८०, सारासन्देश समाचार– भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर हराइरहेका १६ जना नेपालीहरुमध्ये ४ जनाको शब फेला परेको छ । उत्तराखण्डको प्रशिद्ध धार्मिकस्थल केदारनाथको मन्दिर नजिक रहेको होटल पहिरोले बगाउँदा त्यहाँ रहेका नेपालीहरु वेपत्ता भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जानकारी दिएकाे छ ।

पहिरोले बगाएकामध्ये कालिकोटमा टेकबहादुर कामीसहित दुई जनाको शव प्राप्त भएको नयाँ दिल्ली स्थित नेपाली राजदूत डा शंकर शर्माले जानकारी दिनुभयो । पहिरोमा परेर जुम्लाका मात्रै ११ जना ववेपत्ता भएका छन् । यसैगरि पाँच जनाको बारेमा थाहा हुन नसकेको डा शर्माले जानकारी दिनुभयो । वेपत्ता भएकाहरुमध्ये ४ जनाको शव फेला परेको र त्यसलाई पोष्टमार्टमका लागि पठाइएको नेपाली दूतावासले जानकारी दिएकाे छ ।

वेपत्ता अन्य नेपालीहरुको खोजी र पहिचान गर्ने प्रयास भरहेको बताइएकाे छ । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाएको थियो । यसैबीच भारतीय सञ्चारमाध्यमहरुले होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएर मन्दाकिनी नदीमा खसालेको बताएका छन् । भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ । यसैबीच गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल भएकाे बताउनु भयाे । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न परराष्ट्र मन्त्रालय मार्फत भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो ।

यसैबीच गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।’भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरूवाकाे विषयमा झापा कारागारमा आगाे बालेर आन्दाेलनः कैदी बन्दीले गरे कारागार भित्रै ताेडफाेड
Next post नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादन यस बर्ष ७ प्रतिशतले बृद्धि (फाेटाे फिचर)