औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे 

कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ?


२१ असोज २०८१/सारासन्देश समाचार
नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म पार्क बन्ने छाँट नदेखिए पछि स्थानीय बासिन्दा आक्रोशित बन्दै गएका छन् । आज दमकमा पत्रकार सम्मेलन गर्दै स्थानीय बासिन्दाले शिल्यान्यास भएको लामो समयसम्म काम नभएको भन्दै तत्काल काम सुचारु गर्न माग गरेका छन् ।


बर्तमान प्रधानमन्त्री रहनु भएका नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको महत्वकांक्षी योजना नेपाल चाइना फ्रेण्डशीप औधोगिक पार्क निर्माण खोलाधार क्षेत्र भएकाले सँधै जोखिममा रहने र उचित स्थान छनौट हुन नसकेको उहाँको प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार आधा दशक लामो समय वितिसक्दा समेत बन्न नसकेको औधोगिक पार्क चुनावी नाराका लागि मागिखाने भाँडो जस्तो बनाएको समेत बताउनु भयो ।


पत्रकार सम्मेलनमा विभिन्न संघ संस्थाका अगुवा तथा राजैतिक अगुवाहरुले पार्क बनाउने खेलमा केही राजनैतिक कार्यकर्ता पोस्ने र राज्यको रकम दुरुपयोग गर्ने जस्तो मात्र काम भएको आरोप लगाएका छन् । औधोगिक पार्क निर्माणका लागि एमालेकै सरकार चाहिने र त्यसमा पनि केपी ओली नै चाहिने भएकाले अन्य सरकार आउँदा पार्क ओझेलमा परेको पार्क क्षेत्रमा बसोवास गर्ने बासिन्दाको भनाइ छ ।

नेपालको ठूलो र महत्वकांक्षी योजनाको रुपमा हेरिएको पार्क निर्माणका लागि यस अघि जग्गाको मुआव्जा वितरणमा समानता नआएको र लामो समय देखि जग्गा सिमाङकन गर्दा सयौं घर परिवारलाई समस्या भएको दमक औधोगिक पार्क सरोकार मञ्चकी उपाध्यक्ष कमला बस्नेतले बताउनु भयो । बस्तेतका अनुसार सरकारले उचित मुआब्जा या बसोवासको व्यवस्था मिलाए दिनु पर्ने र आफूहरु विकास विरोधी नभएको बताउनु भयो ।


झापाको दमक, कमल र गौरादहको रतुवा खोला नजिक रहेको जग्गा अधिग्रहण गरी पार्क निर्माण लागि सरकारले ६४ अर्वको लगानी स्वीकृत गरिसकेको छ । तर धेरै स्थानीय बासिन्दाले भने सरकारले उचित र समानरुपमा जग्गाको मुआब्जा वितरण नगरेको गुनासो गर्दै आएका छन् ।
औधोगिक पार्क निर्माणका लागि ५ सय ६० विगाह जग्गा अधिग्रहण भइसकेको छ भने हालसम्म १ अर्व हाराहारी रुपयाँ मुआब्जा वितरण भइसकेको औधोगिक पार्क व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)
Next post विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस