विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस

२२ असोज २०८१/झापा

झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका विऊ धान उत्पादनमा लागेका किसानलाई धानको जात र उत्पादनको आधारमा संरक्षण पूँजी कोष मार्फत सुकिला नोट वितरण गरिएको हो । सायदै नेपालमा यसरी कृषि उत्पादन विक्री गर्दा बाेनस स्वरूप रकम बाँढ्ने कृषि सहकारी संस्था कमै हाेलान् । अझ पछिल्लाे समय त कतिपय सहकारीहरूकाे उठिबास भएकाे छ । देशमा अर्थतन्त्र कम्जाेर भएकाे वेला पनि संस्था गत बर्ष कृषि उपार्जनकाे व्यवसाय गरेर मात्र झण्डै २ कराेड मुनाफा गरेकाे संस्थाले जनाएकाे छ ।

अन्य खयन धान भन्दा राम्रो मुल्य र विभिन्न कोष संचालन गरी रकम समेत दिने भएकाले विउ खेतीमा किसानको आकार्षण बढ्दै गएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । ढकालका अनुसार विऊमा काम गर्ने किसानलाई प्राविधिक सहयोग, पूर्व मुल विऊ र खर्चको अभाव हुनेलाई पेश्की पूँजी समेत वितरण गरिने भएकाले बर्षेनी विऊ उत्पादनमा किसानको आकार्षण बढ्दै गएको छ । मंगलबार भएकाे कार्यक्रममा ६० हजारसम्म धानकाे विउ विक्री गरे वापत संस्थाले विक्री गरी संरक्षण काेष मार्फत रकम वितरण गरिएकाे छ ।

यस बर्ष संरक्षण पूँजी कोषमा विऊ धान विक्री वापत संस्थाले झण्डै १० लाख रुपयाँ जम्मा गर्न सफल भएको छ । जुन रकम चाडबाडलाई लक्षित गरी संस्थाका सदस्य किसानमा वितरण गरिएको संस्का प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार संस्थाले बाली संरक्षण कार्याक्रम अन्तर्गत बाली विमा, पशु विमा समेत संचालन गरिएको छ । आजको कार्याक्रममा मात्र १ लाख २० हजारमा खरिद गरेको भैंसी मर्दा ९६ हजार रुपयाँ रकम प्रदान गरिएको छ । यस्तै गाई खरिद गरेर उत्पादन दिन नसकेको चन्द्रमाया धमलाले २५ प्रतिशत रकम प्राप्त गर्नु भएको छ । धमलाका अनुसार गाई विरामी भएर भर्ना हुन नसके पछि संस्थाले विमित रकमको २५ प्रतिशत १२ हजार ५ सय पाउँदा खुशी लागेको बताउनु भयो ।

धानको प्रजाति र परिमाणका आधारमा किसानलाई रकम वितरण गरिएको छ । संस्थामा २ सय ५६ जना किसानले विऊ खेती गर्दै आएका छन् । नेपालमै नमूनाको रुपमा महिलाहरुले मात्र संचालन गरेको यो संस्थाले विऊ उत्पादन, सामुहिक खेती, पशुपालन र पशु आहाराका उद्योगहरु समेत संचालन गर्दै आएको छ । २ हजार २ हाराहारीमा महिला शेयर सदस्य रहेको संस्थाले पछिल्लो समय साईलेज उद्योग संचालन गर्दै आएको छ । यस्तै पुनः परालको पशु आहारा बनाउने कार्यमा जुटेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे 
Next post दाताकाे सहयाेगमा शरणार्थी बालबालिकासँग सामुहिक दशैं (फाेटाे फिचर)