सिमा लक्षित झापामा पहिलो प्रशासन भवन निर्माणले सहजता (फाेटाे फिचर)
२८ भदौ २०८०/झापा
बर्षौं पछि भारतीय सिमावर्ती क्षेत्र गौरीगंजबाट इलाका प्रशासन कार्यालय आफ्नै भवनबाट संचालन हुन थालेको छ । मोरङ्गबाट जिल्ला विभाजन भएको ६ दशक पछि झापा जिल्लाले पहिलो पटक आफ्नै भवनबाट प्रशासनिक काम संचालन गर्न सफल भएको हो । भाडाको घरमा साँगुरो क्षेत्रमा प्रशासनिक काम गर्दै आएको इलाका प्रशासन कार्यालय गौरीगंजले लामो समय पछि आफ्नै भवनबाट सेवा दिन थालेको छ । झण्डै १० लाख जनसंख्या रहेको जिल्लामा दक्षिणी सिमावर्ती क्षेत्र गौरीगंज र गौरादह नगरपालिकालाई लक्षित गरी साढे ३ करोड खर्चमा निर्माण गरिएको भवन हालै आएर औपचारिकरुपमा संचालनमा आए पछि सेवाग्राही खुशी बनेका छन् ।
खासगरी नागरिकता र राहदानीका लागि समस्या भोग्दै आएका नागरिकले नयाँ भवनबाटै सेवा लिन थालेका छन् । प्रसाशसनिक कार्य देखि वैठक र सभाहल समेत निर्माण भएकाले अव धेरै सहज भएको इलाका प्रशासन कार्यालय गौरीगंजका अधिकृत चुणामणि आपागाँईले बताउनु भयो । आपागाँईका अनुसार आदिवासी समूदायको बाहुल्यता रहेको गौरीगंज र गौरादह क्षेत्रका बासिन्दालाई प्रशासनिक कार्यमा भवन निर्माणले सहजता हुने बताउनु भयो ।
४ जना स्थानीय बासिन्दाले प्रदान गरेको अढाइ कठ्ठाको जग्गामा भवन निर्माण भएको छ । दाता पूर्व वडाध्यक्ष तथा उद्योग बाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महत्तो, पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठ, महेश्वर कार्की र केशव अग्रवाललाई सम्मान गरिएको छ । सम्मान तथा औपचारिकरुपमा कार्याक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अव भने सेवाग्राहीको काम गर्न धेरै सहजता हुने बताउनु भयो ।
झापा जिल्लामा यस अघि इलाका प्रशासन कार्यालय दमकले कार्य शुरु गरेको ३ दशक पछि आफ्नै भवनबाट सेवा दिन थालेको २ बर्ष भएको छ । यता गौरीगंजमा प्रशासनिक कामका लागि नयाँ भवन निर्माण गरेसँगै अव माइ नदि पश्चिमका ५ वटा पालिकाकालाई धेरै सहज भएको सेवाग्राहीको भनाइ छ । बुधबार भएको उद्घाटन कार्याक्रममा गौरादह, गौरीगंज लगायतका क्षेत्रका जनप्रतिनिधि तथा कर्मचारी, सुरक्षाकर्मी, सामाजिक अगुवा लगायतको उपस्थिति समेत रहेको थियो ।