
८ फाल्गुन २०७७, काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ । क्वारेन्टाइनमा अब ७१ जना मात्र रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । नेपालमा १ हजार ५३५ सक्रिय संक्रमित रहेका छन् ।

शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ । अहिलेसम्म देशभर २१ लाख ३६ हजार ३ सय ९ जनाकाे नमुनाको पीसीआर परीक्षण भएको छ ।
