फेरि ल्याइयाे १० लाख डाेज खाेप
९ फाल्गुन २०७७, काठमाडौं- कोभिड- १९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आइतबार काठमाडौं ल्याइपुर्याइएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट आज एयर इन्डिया विमान मार्फत खोप १० लाख डोज काठमाडौँ ल्याइएकाे हो । फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप ल्याइएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जानकारी दिनुभयो । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उहाँले बताउनुभयो ।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । हालसम्म ४ लाख धेरैले खाेप लगाइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।