३० असाेज २०८०, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल अहिल साँझ अस्पताल भर्ना हुनु भएकाे छ । उहाँकाे छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएकाे हाे । मंगलबार साँझ उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उहाँलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको टाेलीले जानकारी दिएकाे छ ।
