0 0
Read Time:1 Minute, 32 Second

१ बैशाख २०८०/झापा
सस्तोमा जग्गा मिलाइ दिने भन्दै ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत ३० गते अर्जुनधारा ११ विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।
प्रक्राउ पर्नेमा रामेछाप देउराली घर भई हाल भक्तपुर बस्ने बर्ष ३९ का राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङ्ग घर भई काठमाण्डौं बस्ने बर्ष ५२ का जनक रेग्मी इलामकाे एक हाेटलबाट पक्राउ परेका छन् । यस्तै मोरङ्गको वेलबारी घर भई मेचिनगर बस्ने ५५ बर्षीय रणबहादुर पोख्रेल र कमल गाऊँपालिका झापाका ५२ बर्षीय विजय राई रहेका छन् । लुट्ने याेजनाका मुख्य याेजनाकार भने विजय राइ रहेकाे बताइएकाे छ ।
पक्राउ परेकाहरुको साथबाट २७ लाख ६५ हजार रुपयाँ समेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *