सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्तः सूचना संकलनमा पुगेका पत्रकार माथि दुर्व्यवहार

६ वैशाख २०८०/झापा
झापाको दमक नगरपालिका वडा नं.–७ मा संचालनमा रहेको ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्युपछि तनाब सृजना भएको छ । दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । ४ बैशाखमा ओम मेची अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको आज बुधबार बिहान मृत्यु भएको थियो ।
ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको मृतककी श्रीमान मनोज साहले जानकारी दिनु भयो ।

शाहका अनुसार अप्रेशनपछि श्रीमतीको प्रेसर बढेको तत्काल अस्पतालले रेफर मागेर विर्तामोड स्थित बिएण्डसी लाँदा मृत्यु भइसकेको बताउनु भयो । अस्पतालले प्रेसर बढ्दै गएको कुरा पूर्व जानकारी नदिएकाले श्रीमतिको ज्यान गएको उहाँले दावी गर्नु भयो । सुत्केरी साहको मृत्युपछि अस्पतालमा शव राखेर आफन्तले प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनका कारण अस्पताल केहीबेर तनावग्रस्त बन्यो । साहलाई दमकको सरकारी अस्पताल दमक अस्पतालले उपचार प्रक्रिया नै नथाली ओम मेचीमा रेफर गरेको थियो । निजी अस्पताल ओम मेचीका सञ्चालक दमकका प्रमुख रामकुमार थापा पनि छन् । उनी दमकको सरकारी अस्पताल दमक अस्पतालका सञ्चालक समिति अध्यक्ष पनि हुन् ।

यस्तै सार्वजनिक स्थलमा भएको घटनाको विवरण संकलन गर्न पुगेका पत्रकार चिरञ्जीवि घिमिरे, सुदिप अधिकारी र विष्णु पाेखरेल माथि दुव्र्यवहार भएको छ । पत्रकार घिमिरेका अनुसार प्रहरीले समेत लाठी लगाएर प्रवेशमा रोक लगाउने तथा धकेल्दै सूचना संकलनमा अवरोध पुर्याएका बताएका छन् । घिमिरेका अनुसार ओम मेची अस्पताल दमक नगरपालिकाका प्रमुख राम थापा समेत संचालक रहेका छन् । यस्तै थापा नगरको जिल्ला स्तरीय दमक अस्पतालको संचालन समितिका अध्यक्ष समेत रहेकाले स्वार्थ बाझिएको भनी समाचार लेखेको आधारमा अस्पताल क्षेत्रमा प्रवेशमा रोक लगाएको दावी गरेका छन् । हिमशिखर टेलिभिजनका समाचार प्रमुख अधिकारीलाइ समेत नगर प्रमुख थापाले पीडित पक्षसँगकाे छलपफलमा प्रवेश गर्न निदएकाे बताउनु भयाे । पीडित पक्षले पत्रकारकाे उपस्थितीमा मात्र छलपफल गर्न माग गरे पनि सूचना सम्प्रेषणमै अवराेध सँगै दुर्व्यवहार गरेकाे पत्रकार पाेखरेलले बताउनु भयाे । यस विषयमा नेपाल पत्रकार महासंघ झापामा समेत उजुरी परेकाले संघले यस विषयमा छलफल हुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाबाट ३२ लाख लुटेर फरार भएको ४ जना पक्राऊ
Next post झापाली दुई महिला पत्रकारलाई नारी पुरस्कारबाट सम्मान