
झापाको कुरिलो काठमाण्डौंको बजारमाः माग बढे पछि गोलाटारका किसान खेती विस्तारमा लाग्दै (फाेटाे फिचर)
१५ असार २०८०/बालदिवश तामाङ
झापाको कुरिलोको माग काठमाण्डौंको बजारसम्म माग हुन थाले यूवाहरु खेती तर्फ थप आकार्षित बन्दै गएका छन् । औषधीको रुपमा समेत प्रयोग गरिने कुरिलो खेतीबाट अन्य तरकारीबाली भन्दा राम्रो आम्दानी हुने भएकाले विदेश जान छाडेर यूवाहरु गाऊँमै खेतीमा लागेका छन् ।
केही बर्ष अघिसम्म बजारमा कुरिलोको खासै चर्चा थिएन । वा उपभोक्ताले के हो कुरिलो भन्ने गर्थे । गाउँघर तिर पनि जंगलमा पाइने कुरिलो पशुचौपायलाई खुवाइने गरिन्थ्यो । तर जब कुरिलोको महत्व र स्वाद मानिसले थाहा पाउन थाले यसको माग पनि उस्तै बढ्न थालेको छ । अहिले कुरिलोको खेतीमा लागेका युवाले गाउँघरमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न थालेका छन् ।
अति पोषिलो औषधीय गुण हुने भए पछि खासगरी कुरिलोको माग कोरोना कहर पछि बढ्न थालेको हो । अहिले झापाको दमकमा यूवाहरुले उत्पादन गरेको कुरिलो काठमाण्डौंको बजारमा जाने गरेको दमक नगरपालिका वडा नं. ३ का किसान चिरञ्जीवि घिमिरेले बताउनु भयो । घिमिरेले खेतीबाट राम्रो आम्दानी हुन थाले पछि थप १० कठ्ठा क्षेत्रमा खेती विस्तारमा लाग्नु भएको छ । काठमाण्डौंबाट अर्गानिक कुरिलोको माग अधिक भएकाले उहाँको अगुवाइ गाऊँमा अन्य युवाहरुले समेत यसै बर्ष खेती विस्तार गर्दै हुनुहुन्छ । उहाँले जापानबाट विऊ मगाएर आफै व्याड समेत राख्नु भएको छ । जुन नेपालमा चलेको प्रजाति भन्दा राम्रो उत्पादन हुने उहाँले बताउनु भयो ।
कुरिलो खेती पछिल्लो झापामा विस्तार हुने क्रम बढेर गएको छ । थोरै भूभागमा राम्रो आम्दानीसँगै बजार समेत सुनिश्चित भएकाले युवा पुस्ताहरु खासगरी कुरिलो खेतीमा लागेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार नयाँ बालीको रुपमा खेती थालिएको भए पछि पछिल्ल्लो समय व्यवसायिकरुपमा खेती गर्ने खासगरी युवा किसानको आकार्षण बढेको बताउनु भयो ।
कुरिलो बर्षातको सिजनमा धेरै उत्पादन हुने गर्छ । सिजनमा पनि प्रति केजी २ देखि ५ सय रुपयाँमा विक्री हुने भए पछि नगदेबालीको रुपमा कुरिलो खेती विस्तार गर्न थालेको खेतीमा लागेका यूवाहरुको भनाइ छ । यस अघि वेमौषममा १ हजारसम्म विक्री गर्न सफल बनेको किसानले कुरिलोबाट अन्य बालीभन्दा धेरै राम्रो आम्दानी हुने भए पछि खेतीमा लागेका छन् ।