बहु प्रतिक्षित हुलाकी सडकको विरीङ पुल १२ बर्षमा संचालन
सदिऔंकाे सास्ती समाप्त भएकाे भन्दै स्थानीय खुशी
१६ असार २०८०/ पर्वत तामाङ
१२ बर्ष अघि निर्माण थालिएको बहुप्रतिक्षित विरीङ खोलाको पुल यस बर्ष पुल माथिबाटै आवातजावात गर्न मिल्ने भएको छ । बर्षौं देखि बर्षातमा खोलामा ढुङगा र हिउँदमा बाँसको पुलबाट जोखिम मोलेर हिड्नु पर्ने बाँध्यता यो बर्षातबाट हटेको छ । पुल निर्माणले बर्षौं देखिको सास्ती र जोखिम अन्त्य भएको झापा गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार यादवले बताउनु भयो ।
बर्खाको समयमा १ किलो मिटर वारीपारी गर्न दक्षिणी झापाका बासिन्दाले ४० किलो मिटर घुमेर हिड्नु पर्ने बाध्यता यस बर्ष देखि अन्त्य भएको भन्दै यात्रुहरु खुशी बनेका छन् ।
२०६८ साल जेठ १३ गते लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा निर्माणको ठेक्का लिएको विरीङ पुल यस बर्ष सक्ने गरी काम भइरहेको छ । ३ सय २० मिटर लम्बाइको पुलको काम रंगरोगन र फिनिसिंङ बाहेकका काम सकिएको लामा निर्माण कम्पनिका सब इन्जिनियर सन्तोषकुमार यादबले बताउनु भयो ।
पुल नहुँदा बर्षातमा स्थानीय बासिन्दाले डुङ्गाको प्रयोग गर्दा पैसा तिर्नु पथ्र्यो । हिउँदमा बाँसको पुलबाट हिड्दा पनि पैसै तिर्नु पन हुन्थ्यो । तर अव विरीङको पुल निर्माण सम्पन्न भए पछि विधार्थी देखि सवैलाई सजह हुने दैनिक खोलाको बाटो भएर हिड्नु पर्ने समस्या सँधैका लागि समाप्त भएको शिक्षक अशोक कुमार राजबंशीले बताउनु भयो ।
बर्षौं देखि खोलामा सास्ती भोग्दै आएका दक्षिणी झापाका बासिन्दाको पुल माथिबाट हिड्ने सपना अव भने सार्थक बनेको छ । यस्तै अव हुलाकी सडकमै पर्ने कन्काई नदिको पुल निर्माण सकिए दक्षिणी झापाको मुहार नै फेरिने स्थानीय बासिन्दाको भनाइ छ ।