शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग

२४ मंसिर २०८०/सारासन्देश समाचार
७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका छन् । पूर्वी नेपालमा ३ दशक देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीले प्रधानमन्त्री पुष्प कमल दाहाल सहित सरोकारवाला निकायमा ज्ञापन पत्र पठाएर स्वदेश फर्कन आशामा बसेका शरणार्थीको माग पुरा गर्न आग्रह गरेका छन् ।
नेपाल सरकारले भुटानसँग बार्ता गरी स्वदेश फिर्तीको पहल गर्न थाल्नु पर्ने भुटान स्वतन्त्र जनमञ्चका महासचिव धनविर सुब्बाले बताउनु भयो । सुब्बा अनुसार तेस्रो मुलुक पूनर्वास पछि स्वदेश फिर्तीको मुद्धा प्रति नेपाल सरकार, भुटान र सरोकारवाला दातृ निकायले चासो नै नदिएको बताउनु भयो ।


लामो समय वितिसक्दा समेत आफ्नै देश फर्कन चाहानेको मुद्धामाथि कसैले सुनवाइ नगरेको भन्दै आइतबार प्रधानमन्त्री ‘प्रचण्ड’ सहित यूनएनएचसीआरमा पत्र पठाएर स्वदेश फिर्तीका लागि सहयोग गर्न माग गरिएको छ ।
स्वदेश फर्कन चाहाने शरणार्थीहरुले पटक पटक शरणार्थी शिविर र्याली तथा कार्याक्रम गरी दवाब दिँदै आए पनि सुनवाई हुन नसकेको प्रति घर फर्कने आशामा बसेका शरणार्थीहरु दुःखी बनेका छन् ।
पछिल्लो समय शरणार्थी दातृ निकायले राहत कटौती गरे पछि झण्डै साढे ६ हजार हाराहारी शरणार्थीहरुलाई जिविकोपार्जनमा समस्या परेको उनीहरुले गुनासो पोख्दै आएका छन् । खासगरी शरणार्थी शिविरमा असक्त, बृद्धाबृद्ध र अभिभावकविहीन बालबालिकामा राहत कटौतीले धेरै समस्या हुँदै आएको शिविर सचिव सन्तहाङ्ग सुब्बाले बताउनु भयो । सुब्बा अनुसार एक जना शरणार्थी रहुञ्जेल यूएनएचसीआरले रेखदेख गर्ने भन्दै आएको भए पनि बीचैमा छाड्नुले धेरै समस्या सृजना भएको बताउनु भयो ।
शरणार्थी शिविरमा पछिल्लो समय परिचय पत्र नविकरण नहुँदा बाहिर विवाह गरेर श्रीमान् मरेका वा अन्य काराणले पारपाचुके भएका महिला, दर्ता विहीन शरणार्थीमा समेत समस्या भएको पीडितहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
Next post लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)